काठमाडौं । नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले ३४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।
डीएसपी बढुवा सिफारिसमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेकाहरुलाई समावेश गरिएको छैन । विभागीय बढुवा हुँदैआएका इन्स्पेक्टरहरु मात्र सिफारिसमा परेका छन् । विभागीयबाट आएकामा पनि स्नातक उत्तिर्ण भएका इन्स्पेक्टरहरुमात्र बढुवा सिफारिसमा परेका छन् ।
बिभागीय बढुवाबाट आएकाहरु ५४ जना थिए । तिनमा स्नातक पास नगरेका २० जना बढुवा सिफारिसमा पर्न सकेनन् । प्रवीणता प्रमाणपत्र तह (आईए) पासलाई बढुवा नगर्ने नीति बनाएका उनीहरु कारण सिफारिसमा पर्न नसकेको प्रहरी स्रोतले बताएको छ ।
४८ पद रिक्त भएकोमा ३४ इन्स्पेक्टर बढुवा सिफारिस भएका छन् । बाँकी १४ पदमा केही दिनमा बढुवा गरिने प्रहरी स्रोतले बताएको छ ।