Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सौन्दर्यकला व्यवसायी संघ भक्तपुरमा समिता ध्वजू


    आइतबार, साउन १ २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • भक्तपुर। सौन्दर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको अध्यक्षमा समिता ध्वजू चुनिएकी छन् । संघकाे १५औं वार्षिक साधारणसभा तथा पाँंचौ अधिवेशनबाट ध्वजूको अध्यक्षतामा १५ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । 

    समितिको उपाध्यक्षमा रेश्मा प्रधान, सचिवमा अनिता व्याञ्जु, सहसचिवमा मुना राउत, कोषाध्यक्षमा बसन्ती त्वायना र सहकोषाध्यक्षमा अस्मिता श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरूमा चण्डिका ज्यापू, नरेश कारञ्जित, अनिता त्वाायना, शुभद्रा थापा, शर्मिला दुमरु, दीपा ध्वजू र शान्ति सुवेदी चुनिएका छन् । समितिको सल्लाहकारमा मोहनप्रसाद प्रजापति छन् । 

    यसअघि साधारणसभाको उद्घाटन सौन्दर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले गरेकी थिइन् । त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले सौन्दर्यकलाका विविध विषयमा चर्चा गरेका थिए ।  
     

    Avatar

     
     
    Avatar

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार