Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको मौसम पूर्वानुमान


    शनिबार, असार ३२ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले  आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ।

     आज दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू९भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका पहाडी भू९भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार