Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजनीतिकसँगै सांगीतिक यात्रामा जमुना पोखरेल


    शुक्रबार, असार ३१ २०७९
    1.6K
    Shares
  • २ मिनेट पाठ
  • महोत्तरी ।   ‘आउँछु भनी ढाँट्यौ मलाई 
    किन छाडी गयौ मलाई’

    प्रेम वियोगले तड्पिएका प्रेमीहरूलाई यो गीत सुनिसकेपछि केही क्षण भए पनि राहत महसुस गर्छन् । जमुना पोखरेलको शब्द, हरिशरण सायमीको संगीत र जमुना पोखरेलकै लयमा गाइएको यस गीतले प्रेममा विछोडिएकाले आफ्नै भावना पोखिएको महसुस गर्छन् । 

    गायिका पोखरेलले नवयुवाको मनोभावनालाई बुझेर यो गीत पस्किएको बताइन् ।  नेकपा एमालेनिकट अखिल नेपाल महिला संघकी  केन्द्रीय सदस्य पोखरेलले सांगीतिक यात्रामा पनि छिन् । उनका तीनवटा गीत सार्वजनिक भएका छन् । 

    हरितालिका तीजको रमझम नजिकिँदै गर्दा सन्देशसहितको गीत पनि पोखरेलले सार्वजनिक गरेकी छन् । समय र समाजसापेक्ष आफू पनि परिमार्जित हुनुपर्छ भन्ने मान्यता राख्ने पोखरेलले यसभन्दा अगाडि नै एउटा आधुनिक गीत लिएर आइन् । 

    किशोरहरूलाई लक्षित गरेर यसअघि निकालिएको आधुनिक गीतले खासै मन छुन नसके पनि ‘आउँछु भनी ढाँट्यौ मलाई  किन छाडी गयौ मलाई’ भन्ने आधुनिक गीतले भने यतिबेला निकै चर्चा बटुलेको छ ।

    चार दिनको फरकमा सार्वजनिक तीज गीत र आधुनिक गीत आपसी प्रतिस्पर्धामा छन् । सधैँभरी जिवन्त बनिरहने सदाबहार गीत पस्किएकी पोखरेलको सांगीतिक यात्रा फराकिलो बन्दै गएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार