काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरुले सोसाइटीको केन्द्रमा भएको अस्तब्यस्त अवस्थाप्रति चिन्ता व्यक्त गर्दै परिआएमा हस्तक्षेप गर्ने बताएका छन् ।
नेपाल सरकारद्वारा गठन गरिएको नेत्रप्रसाद तिमिल्सिनाको कार्यसमितिको म्याद समाप्त भइसक्दा पनि विभिन्न कानुनी अड्चन ल्याएर नेपालको रेडक्रस अभियानलाई नै अस्तब्यस्त बनाएको आरोप जिल्लाहरुले लगाएको छन् ।
आज नेपाल रेडक्रसका विभिन्न जिल्लाहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय कार्यालयमा तोडफोड गर्ने, गैर रेडक्रसकर्मीलाइ प्रवेश गराई कर्मचारीमाथि हातपात गर्ने जस्ता कर्य पूर्वअध्यक्ष तिमिल्सिनाबाट भएकोमा उक्त कार्यको घोर निन्दा गरेका छन् ।
आफैंलाई स्वघोषित अध्यक्ष घोषणा गर्ने र होटेल–रेष्टुरेन्टमा बैठक गर्ने, रेडक्रसको छाप प्रयोग गरी अबैधानिक निर्णयहरु प्रेषित गर्दै अन्यौल सृजना गर्ने कर्य तत्काल रोक्न समेत ६८ जिल्ला शाखा एव सातै प्रदेशहरुले प्रेस वक्तव्यमार्फत् माग गरेका छन् ।
तिमिल्सिना एमाले कार्यकर्ता हुन् । एमालेकै निर्देशनमा उनले रेडक्रस अस्तब्यस्त पार्ने काम गरेका छन् ।