काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । असार २९ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ ।
आज छापवाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा झरेको छ । अघिल्लो कारोबार दिन पनि सुन तोलामा २०० रुपैयाँले नै ओरालो लागेको थियो ।हिजो सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनसँगै चाँदीको भाउमा पनि घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा खरिदबिक्री भएको छ ।
हिजो (मंगलबार) पनि चाँदीको भाउ सस्तिएको थियो । हिजो चाँदी प्रतितोला १० रुपैयाँले गिरावट भएर एक हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।