Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थानकोटमा किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालक पक्राउ


    मंगलबार, असार २८ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली छन् । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पु¥याइदिने बहाना बनाई चन्द्रगिरी नगरपालिका–७ थानकोटमा पार्किङ गरी चालकले शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    बलात्कार गरेपछि चालक टिपर समेत छाडी फरार भएका थिए । 

    प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरेको हो ।  

    उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार