Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीकाे बजेटमा मन्त्रीका छोराछोरी झल्किएकाे आराेप


    आइतबार, असार २६ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • सुर्खेत। आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएकाे भन्दै बजेटमाथि छोराहरू हावी भएको बताइन । ‘हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा बजेटमाथिको छलफलमा उनले विधिमा सरकार चल्न  मन्त्रीका छोराछोरी बाधक भएको आरोप लगाइन् ।

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा उर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन् । आफूहरूले दिएको योजना समावेश नगरेको भन्दै प्रदेशसभा सदस्य कृष्णा शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायलाइ बधाइ दिइन् । अधिकांश सांसदले बजेट निर्माण गर्दा योजना माग्ने तर समावेश नगर्ने परीपार्टीले गर्दा समस्य उत्पन्न भएको बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार