Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिए


    शनिबार, असार २५ २०७९
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो । 

    १५३९ जनाको पिसिआर गर्दा ७२ र १०७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै सोही अवधिमा ३१ जना संक्रमणबाट निको भएका छन् । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन् । 

    यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार