Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिवी अन्तर्गतका सबै परीक्षा स्थगित 


    बिहिबार, चैत्र ६ २०७६
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ६ चैत । त्रिभूवन विश्वविद्यालयले (त्रिवि)ले  अन्तर्गत भोलीबाट सञ्चालन हुने परीक्षा स्थगित भएको छ । त्रिवीका उपकूलपतिको संयोजकत्वमा आज विहिबार बसेको वैठकलेभोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्न निणर्य गरेको हो  ।

     त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाले कोरोना भाइरसबाट बच्नको लागि भोलीबाट सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको बताएका छन् ।  

     अहिलेको संकटको घडीमापरीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन, । त्यसैले परीक्षा स्थगित गर्नका लागि अहिले बैठक बस्यौं, बैठकमा सबैले स्थगित गर्ने भन्ने कूरा गरेपछि स्थगित गर्ने निर्णय गर्यौं’, उनले भने ।

    उनले परीक्षासँगै त्रिवि अन्तर्गतका सबै क्याम्पसहरुको पठनपाठन पनि बन्द गरिएको जानकारी दिए । शिक्षा मन्त्रलायले भने बुधबार साँझ नै एसईई लगायतका सबै परिक्षाहरु बन्द गर्न निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार