Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्व प्राधनमन्त्री अवेको निधनप्रति दुःख व्यक्त


    शुक्रबार, असार २४ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

    सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

    ‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’ 

    जापनका पूर्व प्रधानमन्त्री अवेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । 

    गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।  

    अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार