Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात


    बिहिबार, असार २३ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। मलेसिया भ्रमणपछि थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटी अभ्यास खेलमा स्थानीय कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ अन्तरले पराजित भएको छ । 

    बिहीबार भएको मैत्रीपूर्ण खेलमा एनआरटीले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सफल भएन । एनआरटीको लागि संजोक राई र विदेशी खेलाडी स्टेफन समिरले एक एक गोल गरे । 

    सजोकले ३२औँ मिनेटमा गोल गरेका थिए भने स्टेफनले ४८औँ मिनेटमा दोस्रो गोल गरे । युनिभर्सिटीका लागि चायसर्न, सुचोन सान्गुआन्दी, सेउङ चान्मुन, सुपकृत पेटसन र थिरासक खम्राङसीले एक एक गोल गरे । 

    यसपछि एनआरटीले शीर्ष डिभिजनको चोनबुरी एफसी र थोनबुरी एफसीसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । 

    यसअघि मलेसियामा एनआरटीले टिवाईटी कपमा दुई खेल खेलको थियो । दुबै खेलमा पराजित एनआरटीले १० गोल व्यहोर्दा १ गोल फर्काएको थियो । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार