Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करेन्ट लागेर दुई जनाको मृत्यु


    बिहिबार, असार २३ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। करेन्ट लागेर मकवानपुर र कपिलवस्तु दुई जनाको मृत्यु भएको छ । 

    मकवानपुरको बाकैया गाउँपालिका–६ गबर स्थान बस्ने ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर बुधबार मृत्यु भएको हो । 

    आफ्नै बारीमा रोपाई गर्नको लागि घर नजिकैको पोखरीबाट मोटर जडान गरी पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    कपिलवस्तुको महाराजगन्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । 

    महाराजगन्ज नगरपालिका–१० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार