Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोका कारण कुन कुन सडक अवरुद्ध छन् ?


    बिहिबार, असार २३ २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–१ माल्ढुङगास्थित बेनी मालढुङगा सडक खण्डमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

    दार्चुलाको महाकाली नगरपालिका–८ असिगडामा बिहीबार बिहान अबिरल वर्षाको कारण सडक माथिबाट ढुङ्गा माटो बगि सडकमा आउँदा दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । 

    दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडीमा बिहीबार बिहान अविरल वर्षाको कारण पहिरो आउँदा गोकुलेश्वर–दार्चुला सडकखण्ड अवरुद्ध भएको छ । 

    नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सबै ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार