Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भन्यो– सार्वजनिक स्थलमा मास्क लगाउ


    बिहिबार, असार २३ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । 

    दूतावासले आज एक विज्ञप्ति जारी गर्दैै त्यहाँ रहेका नेपालीलाई मास्क नलगाई बाहिर ननिस्कन सतर्क गराएको हो । 

    ‘कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने  ६ बर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरि बन्द सार्वजनिक स्थलमा फेश मास्क अनिवार्य गरिएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ । 

    पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली कतार जाने गरेका छन् । कतारमा हाल तीन लाखभन्दा बढी नेपाली रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार