Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु


    बिहिबार, असार २३ २०७९
    415
    Shares
  • १ मिनेट पाठ
  • जुम्ला। जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।  

    मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ बर्षका बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए  ।   

    उनका अनुसार पानी परेपछि उनी रुखको मुनि ओत लाग्न  बसेका थिए । सोही स्थानमा चट्याङ परेको थियाे । उक्त घटनापछि मध्यरात नै प्रहरी घटनास्थलमा पुगेको थियो ।
    । स्थानीयका अनुसार बुढाले बाेकेकाे मोवाईलमा समेत क्षेति भएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार