Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ एसएसपीको सरुवाः काठमाडौं परिसरमा बोहरा, अपराध महाशाखामा भट्टराई


    बुधबार, असार २२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । 

    यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 

    यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्यूरोमा विकास खनाल, कुवेर कडायत विपत ब्यवस्थापन कार्यालय सामाखुसी र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी सरुवा भएका छन् ।

     अपराध महाशाखाका बसन्त कुँवर र काठमाडौं परिसरका एसएसपी सुदीप गिरी बढुवा भएपछि रिक्त भएको थियो ।  टेकप्रसाद राई डीआइजी बढुवापछि मावन बेचबिखन ब्यूरोमा प्रमुख रिक्त थियो ।  लागूऔषध ब्यूरो हृदय थापा अवकाश भएपछि एसपी जीवन श्रेष्ठले निमित्त चलाउँदैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार