Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक बर्षदेखि अलपत्र


    बुधबार, असार २२ २०७९
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर ।  उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । 

    अलपत्र अवस्थामा रहेर १२ वर्ष अघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो ।

    निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा ननीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको थियो ।

    बाढीले क्षतिग्रस्त बनाएको उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदिको निर्माणाधीन मोटेरेबल पक्की पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली गठन गरेको थियो । तर, अझै निर्माणको काम सुरु भएको छैन । 

    ३ सय ७ मिटर लम्बाई रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भाँँसिएपछि पुल दुई टुक्रा भएको हो  । ईश्वर तामाङ/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार