Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • असारभित्र जिल्ला न्यायाधीश नियुक्त नगरे चरणबद्ध आन्दोलनः ट्रेड युनियन


    मंगलबार, असार २१ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । असार मसान्तभित्र रिक्त रहेका जिल्ला न्यायाधीशहरुलाई नियुक्त नगरे चरणबद्ध आन्दोलन गर्ने न्यायपालिका क्षेत्रका ट्रेड युनियनहरुले चेतावनी दिएका छन् ।

    सर्वाेच्च अदालत व्यवस्थापन र ट्रेड युनियनहरु भएको सहमतिसमेत समेत हुबहु कार्यन्वयन गर्ने गरी असार मसान्त भित्र रिक्त जिल्ला न्याधिस नियुक्त गर्न चेतावनी दिएका हुन् । 

    सर्वाेच्च अदालत व्यवस्थापन र ट्रेड युनियनहरुबीच गत २०७० असार असार २७ मा भएको ५८ बुदेँ  सहमति समेत हुबहु कार्यन्वयन गर्न जोडदार मागसमेत गरेका छन् ।

    ‘कर्मचारी तथा राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग प्रतिनिधिमूलक रुपमा छलफल गरेर मात्र ल्याउनु पर्नेमा एकपक्षीयरूपमा न्यायसेवाका कर्मचारीहरूको हित विपरीत अमुक राजनीतिक स्वार्थमुखी तबरले ल्याउन लागिएको’ भन्दै आपत्तिसमेत जनाउँदै उनीहरुले ‘न्याय परिषद्ले तयार गर्न लागेको भनिएको न्यायाधीश नियुक्तिको मापदण्डसमेत न्यायपालिकामा काम गर्ने करिब ७ हजार कर्मचारी तथा राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग प्रतिनिधिमूलक रुपमा छलफल गरेर मात्र ल्याउनुपर्ने’ उनीहरुको सर्त राखे छन् ।

    युनियनहरुका अनुसार जिल्ला न्यायधीसहरुको नियुक्तिको हकमा नेपालको संविधान धारा १४९(२) ले नै स्पष्ट व्यवस्था गरेको र करिव डेढ वर्षपहिले नै न्यायसेवा आयोगले प्रतिशत निर्धारण गरिसकेको उल्लेखसमेत गरेका छन । ‘उक्त हाम्रा सम्पूर्ण मागहरु समयमा पुरा नगरेमा र सो अवधिभित्र कम्तिमा पनि जिल्ला न्यायाधीश नियुक्ति सिफारिस नगरिएमा निजामती सेवा नियमावलीको नियमको ११७ (क) हामी राष्ट्रियस्तरका ट्रेडहरू संयुक्त आन्दोलनका चरणबद्ध कार्यक्रमहरू आन्दोलन गर्न बाध्य बाध्य हुने कुरा न्यायपरिषद पदाधिकारी, न्याय सेवा आयोग एवम सर्वोच्च अदालत व्यवस्थापनलाई ध्यानाकर्षण गराउँदछौं’ सामुहिक बिज्ञप्तिमा भनिएको छ ।

    judge.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार