Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो


    मंगलबार, असार २१ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।साताको तेस्रो कारोबार दिन मंगलवार पनि नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घटेको छ ।

    यो दिन नेप्से परिसूचक २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर ४९ हजार ४१६ पटकमा रू. २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ मा खरीद विक्री भएको छ । गत सोमवार पनि नेप्से परिसूचक ९ दशमलव ७५ अंक घटेको थियो ।

    कारोबारमा आएका २२९ ओटा धितोपत्र मध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    त्यसैगरी यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६० प्रतिशत घटेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २११ मा झरेको हो । त्यसैगरी दोस्रोमा दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५ दशलमव ९२ प्रतिशत घटेर रू. २०५ कायम भएको छ । 

    यो दिन सर्वाधिक खरीदविक्री सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । कम्पनीको रू. ३० करोड २० लाख बराबरको शेयर खरीद विक्री भएको हो । कम्पनीको प्रमोटर शेयरको मूल्य प्रतिकित्ता रू. १५१ कायम भएको छ ।

    त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण काबेली पावर रहेको छ । उक्त कम्पनीको रू. ११ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

    कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । १३ ओटा समूहमध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशलमव ८८ प्रतिशतले घटेको छ । यो दिन कुल बजार पूँजीकरण रू. २८ खर्ब ९६ अर्ब कायम भएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार