काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार पनि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषदको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । तर सोमबार मात्रै मन्त्री फेरबदल भएका कारण बैठक आज बोलाइएको बालुवाटार स्रोतले बताएको छ ।
अर्थमन्त्रालयमा गएको जेठ १४ गते राति चौधरी ग्रुपमा कार्यरत पूर्व नासु रघुनाथ घिमिरे र बिचौलिया दीपक भट्टकोमा काम गर्ने चार्टर्ड एकाउन्टेन्ट गएर करका दर हेरफेर गरी अरबौं राजस्व मार्ने काम गरेको आरोप छ । मध्यरातमा नासु र सीए गएको सीसीटीभी फुटेज जनहित संरक्षण मञ्चले माग गरेकोमा १३ दिनमै डिलिट भयो भन्दै अर्को गैरजिम्मेवार जवाफ दिएपछि अर्थमन्त्री जनार्दन शर्मा आलोचित छन् । उनको सर्बत्र बिरोध भइरहेको छ । शर्माको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।
प्रतिपक्षीमात्र होइन, सत्तारुढ दलकै नेता गगन थापाले पनि अर्थमन्त्री शर्माको आलोचना गर्दै उनलाई राजीनामा दिन लाउने, नदिए पदमुक्त गर्न समेत उनले प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend