Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप (फोटो फिचर)


    मंगलबार, असार २१ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो ।

    सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज तिम्सिनालगायत पदाधिकारी मंगलबार पनि कार्यालय पुगेका थिए । तर, उनीहरूलाई प्रहरीले प्रवेश गर्न दिएन । प्रहरीले रोक लगाएपछि दुवै पक्षबीच वादविवाद चलेको थियो ।

    रेडक्रसको अघिल्लो कार्यसमितिका पदाधिकारी भ्रष्टाचारमा मुछिएपछि ओली सरकारले कार्यसमिति विघटन गरी तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।

    1-1.jpg
    2-2.jpg
    3-3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार