Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको सुन चाँदीको बजार भाउ


    मंगलबार, असार २१ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । 
         यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । 

    यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार