Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले बैठकः १३ केन्द्रीय विभागमा सचिव मनोनीत


    आइतबार, असार १९ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमाले पार्टीका १३ केन्द्रीय विभागमा सचिव मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले सचिवहरु मनोनीत गरेको हो । 

    बैठकले संगठन विभागमा सम्झना देवकोटा, वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी,  उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल, संसदीय विभागमा डा सूर्य पाठक,  श्रम तथा रोजगार विभागमा जनक चौधरी, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा, संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनालीलाई मनोनित गरे‍को छ ।

    त्यस्तै स्थानीय तह विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभागको सचिवमा गगन विष्ट र परराष्ट्र विभागको सचिवमा डा अन्जान शाक्यलाई मनोनीत गरिएको एमालेले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार