काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर संकटका संकेतहरु देखापरेको बताएका छन् ।
काठमाडौंमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका हुन् ।
‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका छन् । सबैजसो क्षेत्रका आर्थिक सूचकाङ्कहरू नकारात्मक छन् । यस आर्थिक वर्षको ११ महिनाको अवस्था आयाततर्फ १७ खर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको छ । व्यापार घाटा १५ उर्ब ७ अर्ब पगेको छ भने विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो अवस्थामा छ । पुँजीगत खर्च लक्ष्यभन्दा अत्यन्तै कम छ । महंगी आकासिँदो छ, जसका कारण सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनेको छ । हाम्रो अर्थतन्त्र आयातमुखी र उपभोक्तावादी रहेको छ । कोभिङ–१९ र नयाँ विश्व परिस्थितिका कारण उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर नकारात्मक प्रभावहरु देखिएका छन्,’ प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend