Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुर्खेतमा उपसभापति खड्का उपस्थित कार्यक्रम देउवा बिरोधी खेमाद्वारा बहिस्कार


    आइतबार, असार १२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा नेकपा एमालेको भन्दा एक लाख ५० हजार मत बढी ल्याएको बताएका छन् । सुर्खेतमा आइतबार जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले एमालेले भन्दा डेढ लाख बढी मत ल्याएको बताएका हुन् ।

    ‘हामीलाई जनताले लोकप्रिय मत दिएका छन् ।’ उपसभापति खड्काले भने,‘तपाईले जनताका पक्षमा काम गर्नुहोस् ।’ उपसभापति खड्काले पार्टीभित्रको कुन्ठाका कारणले केही ठाउँमा पराजित भएको उनकाे भनाइ छ । ‘हामी देशभरका चार सयभन्दा बढी स्थानीय तहमा जित्ने थियौं ।’ उनले भने, ‘तर, केही साथीको कुन्ठका कारणले हलो र सूर्यमा मत दिएर हार्नुपर्‍याे । उहाँहरूले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन् ।’

    पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था बिमति भए पनि पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न आवश्यक रहेको उनले बताए । ‘हामी अरुका गल्ती मात्र देख्छौं ।’ उनले भने,‘व्यक्तिगत विवाद समीक्षा गर्न आवश्यक छ ।’

    ‘सभापति देउवासँग केही व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला ।’ उनले भने, ‘तर, पार्टीमा जीवन लगानी गरेका साथीहरूले अरुलाई मतदान गर्नु भएन नि ? ’

    उपसभापति खड्का उपस्थित कार्यक्रम संस्थापन इतर कांग्रेसले बहिष्कार गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार