Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदमा प्रमोद साहको प्रश्न- लाल आयोगको प्रतिवेदन सार्वजनिक नमिल्ने छ र ?


    आइतबार, असार १२ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । 

    आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन माग गरेका हुन् । 

    तराई मधेश क्षेत्रमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गठित गिरिषचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन पनि सार्वजनिक गर्न उनको माग छ । 

    सो प्रतिवेदन सार्वजनिक गर्न ६ असोज २०७३ मै तत्कालीन सभामुखबाट रुलिङ भएको स्मरण गराउँदै उनले प्रश्न गरे, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने छ र ?’ 

    तराई मधेशमा भएका आन्दोलनका क्रममा भएको धनजनको क्षति विवरण समेटिएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उनले आक्रोश पनि पोखे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार