काठमाडौं। एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराई प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल किताब उपलब्ध गराउन माग गरेका हुन् ।
काठमाडौंकै दरबार हाइस्कुलमै पाठ्यपुस्तक नपुगेको भन्दै उनले यसबाट अध्ययन र अध्यापनमा अवरोध सृजना गरेको बताए ।
संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्याउनु प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए ।
पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय नजाने र अध्यापनमा समस्या भएको भन्दै उनले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend