Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा पाँच वर्षीया बालिका बलात्कृत


    बिहिबार, असार ९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा ।  बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ । 

    किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार