Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महान्यायाधीवक्ता खातीद्वारा पदको दुरुपयोग, बलात्कार आरोपी जोगाउन चलखेल


    सोमबार, असार ६ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । कानुनी शासनका लागि सरकार र प्रधानमन्त्रीलाई सघाउने उनको दायित्व हुन्छ । संवैधानिक एवं कानुनी विषयमा सरकारले तोकिदिएका अन्य अधिकारीलाई कानुनी राय सल्लाह प्रदान गर्ने दायित्व पनि महान्यायाधिवक्ताकै हो । तर, महान्यायाधिवक्ता खम्मबहादुर खाती भने आफ्नो काम, कर्तव्य र अधिकारभन्दा विपरीत कार्यमा संलग्न देखिएका छन् । उनले गएको स्थानीय निर्वाचनमा आफ्नो पद, पहुँच र शक्तिको चरम दुरुपयोग गरेका छन्। निर्वाचन आयोगको छानबिन प्रतिवेदनले निर्वाचनमा धाँधली र निर्वाचन स्थगन गर्न खातीको संलग्नता पुष्टि गर्छ ।

    महान्यायाधिवक्ता खम्मका सहोदर दाजु रंगनाथ खाती बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकाको मेयरका उम्मेदवार थिए । खम्मबहादुर सरकारी मर्यादा, प्रतिष्ठा र दायित्व चटक्कै भुलेर दाजुलाई जसरी पनि चुनाव जिताउन लागिपरेका देखिन्छन् । जुन सरासर उनको पदीय मर्यादा विपरीतमात्रै होइन, दण्डनीय कार्य हो । सरकारी जिम्मेवारीमा रहेर कसैलाई चुनाव जिताउन वा हराउन लाग्नु हुँदैन । कानुनका जानकार खम्मलाई त्यति ज्ञान नभएको वा ध्यान नपुगेको होइन । बदनियतपूर्वकै उनी पदीय दायित्वविपरीत कार्यमा संलग्न भएका छन् । उनकै दबाब र प्रभावका कारण बूढीगंगाको भानोदय मतदान केन्द्रको चुनाव स्थगनमात्रै भएन, पूरै चुनाव भाँडियो । निर्वाचन आयोगले उक्त नगरपालिकाको चुनाव रद्द गरेको छ र फेरि चुनावको तयारी थालेको छ । 

    महान्यायाधिवक्ताले बाजुराका मुख्य निर्वाचन अधिकृतलाई पटकपटक फोन गरे, निर्वाचन स्थगन गर्न भने । उनकै दबाब स्वरूप हुनुपर्छ सुरक्षाकर्मीहरूले मतदानस्थलै छाडेपछि कर्मचारीहरू बिलखबन्दमा पर्नु स्वाभाविक हो । उनीहरूले चुनाव गर्ने वातावरण नै भएन । त्यसको सम्पूर्ण कारण महान्यायाधिवक्ता भए ।

    महान्यायाधिवक्ता यसअघि पनि शक्तिको दुरुपयोगमा संलग्न रहेको देखिएको थियो । ललितपुरकी सरकारी वकिल संगीता थोकरलाई बलात्कारी आरोपितलाई जोगाउन नलागेको भन्दै सरुवा गर्न आदेश दिएका थिए । जबकि सरकारवादी मुद्दा सरकारी वकिलले बलियो बनाएर पीडितलाई दण्डित गर्न मुद्दा तयार गर्न प्रेरित गर्ने कर्तव्य हो । तर, त्यसविपरीत उनले बलात्कार आरोपितलाई जोगाउन नखोज्ने कर्मचारीमाथि इबी साँधेका छन् । बलात्कारजस्तो जघन्य अपराधमा यो हदसम्मको स्वार्थ राख्नु आफैंमा आपराधिक मानसिकता हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार