काठमाडौं । देशका सात वटै प्रदेशमा आज बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावले वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरि आज दिउँसो पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, शनिबार राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको ।
नदी नाला तथा खहरेमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्नेतर्फ महाशाखाले सचेत गराएको छ ।