काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।नेपाल आयल निगमका अनुसार आईओसीले आज बिहिवार पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको हो । निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६ .५२ र डिजेलमा १९ .०३ रुपैयाँ बढेको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलको खरिद लागत २०९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ रहेकोमा प्रतिलिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ ।
यस्तै, डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा रहेको निमगले जनाएको छ ।