Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले गर्‍यो संसद बैठक बहिस्कार


    बिहिबार, असार २ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् । 

    बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । 

    सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए । यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए । 

    एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक चलाइरहेका छन् । अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि जवाफ दिइरहेका छन् । उनले कुनै पनि अनाधिकृत व्यक्ति प्रवेश नगराएको दाबी गरे ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार