Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली नोटसहित मामा भान्जा पक्राउ


    बिहिबार, असार २ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कैलाली । धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बी युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोट लगायतका सामग्री सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

     धनगढी उपमहानगरपालिका–३ स्थित सडकमा ती किशोरले चलाएको लु.८५ प. ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साईकलयात्री र मोटरसाइकल चालकलाई मायामेट्रो अस्पतालमा उपचार गराई दुवै जना डिस्चार्ज भएकोमा मोटरसाइकल चालक ती किशोरले उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला पारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त नोट उनको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

     साथै उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगीन मसीका डिब्बाहरू, १ थान रंगीन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसेन, १ थान किबोर्ड, १ थान कैँची, २ थान ब्लेड, एक हजार दरको १ थान बिग्रेको नक्कली नोट र एक सय दरका २ थान बिग्रेका नक्कली नोट समेत प्रहरीले बरामद गरेको छ । 
     उनीहरू उपर प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार