Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज चुरे दिवस : एकैदिन एक लाख बोटबिरुवा रोपिँदै


    बिहिबार, असार २ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।आज आठौं चुरे दिवस । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ । जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम हुन्छन् ।

    दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षरोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

    उनका आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाती र एक करोड रुख, फलफूल प्रजाती रोप्ने लक्ष्य छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार