Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार आरोपी मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर, मानव बेचबिखनमा १५ बर्ष र यौनदुर्व्यवहारमा ३ बर्ष कैद संजाय माग


    बुधबार, असार १ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । केही वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा मुद्दा दायर गरेको हो । 

    सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको छ ।
    मुद्दामा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको उनले बताए । 
    । 
    आठ वर्षअघि एक सुन्दरी प्रतियोगितामा भाग लिएकी १६ वर्षे किशोरीलाई बलात्कार गरेको  घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार