Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाचार संकलनमा मेयर बालेन साहकाे अवरोध, हिमालय टेलिभिजनद्वारा खेद प्रकट


    बुधबार, असार १ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र समाचार संकलनमा अवरोध गरेका छन् ।

    महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका मिश्रलाई मेयर बालेन्द्र साहले सूचना संकलनमा अवरोध पुर्‍याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।

    समाचार संकलनमा अवरोध पुर्याएको घटनालाई लिएर पत्रकार दुलालले लेखेका छन्–अनुमति लिएर महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका हाम्रा सहकर्मी प्रिन्स मिश्र र अभिष्ट लामालाई काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सूचना संकलनमा अवरोध पुर्याएको विषय निन्दनीय छ । कुनै पनि सार्वजनिक स्थलमा, त्यसमाथि अनुमति लिएरै खिचेका दृश्य डिलिट गर भन्ने बालेन्द्र प्रवृत्ति ‘मिनि ज्ञानेन्द्र’ प्रवृत्ति हो । काठमाडौं महानगरको फोहोरको समस्या हामी जतिसुकै रोक्ने प्रयास गरुन्,देखाइरनेछौ। संविधान प्रदत्त प्रेस स्वतन्त्रताको अधिकारमाथि प्रहार गर्ने बालेन प्रवृत्तिले सही सूचना सम्प्रेषण गर्ने बाटोबाट हामीलाई कत्ति पनि विचलित गर्न सक्नेछैन ।’

    मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार