Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजबाट मतदाता नामावली संकलन हुँदै


    बुधबार, असार १ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  निर्वाचन आयोगले बुधबार आजबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।  ‘सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली स‌ंकलन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

    पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेका नागरिकले स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए । 

    मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।  

    प्रवक्ता पौडेलेका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।

    कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार