काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको अघिल्लो दिन जेठ १४ गते मध्यरातमा नायबसुब्बा रघुनाथ घिमिरेलाई बोलाएर करका दरहरु परिवर्तन गरेको बिषयमा उनको चर्को आलोचना भइरहेको छ । मन्त्री शर्माले विद्युतीय गाडी लगायतका बस्तुमा करका दरहरु बढाएर देशलाई श्रीलंका बनाउन खोजेको आरोप लागेको छ ।
मध्यरातमा नासुलाई अर्थमन्त्रालयमा बोलाएर करका दरहरु बढाएको बिषयमा आलोचना गर्नेमा प्रमुख प्रतिपक्षी दल र नागरिक समाजमात्र होइन, अर्थमन्त्रालयमै कार्यरत रहिसकेका एक सहसचिव समेत छन् । ती सहसचिवले मन्त्री शर्माले देश बेच्न पनि पछि पर्दैनन् भनेर आरोप लगाउँदै सामाजिक संजालमा लेखेका छन् । अरु सामान्य नागरिकले त्यो आरोप लगाएको भए गम्भीरतापूर्वक लिनुपर्ने थिएन तर नेपाल सरकारका सहसचिव र कर प्रशासन हेर्ने आन्तरिक राजस्व विभागको महानिर्देशकको भूमिका निभाइसकेका ब्यक्तिले यस्तो टिप्पणी गरेका छन् ।
मन्त्री शर्मालेले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको १ महिनापछि २०७८ भदौ ३ मा आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका र हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव शोभाकान्त पौडेलले मन्त्री शर्माले देश बेच्न पनि बाँकी नराख्ने आरोप लगाएका छन् । सोमबार सामाजिक संजाल ट्वीटरमा आर्य अरुणले अन्नपूर्ण पोष्टको ‘मध्यराति बजेटमा जब ‘चुकुल’ लाग्यो शीर्षकको समाचार सेयर गरेका थिए । आर्य अरुणले सेयर गरेको समाचारमा सहसचिव पौडेलले मन्त्री शर्माले देश बेच्न पनि बाँकी नराख्ने टिप्पणी गरेका हुन् । मन्त्री शर्माले अर्थमन्त्री नियुक्त हुनासाथ ल्याएको प्रतिस्थापन बिधेयक(संशोधित) बजेटमै करका दरहरु बढाउन खोजेको तथ्य रहस्य पनि पौडेलले खोलिदिएका छन् ।
सहसचिव पौडेलले आफ्नो टिप्पणीमा लेखेका छन्–‘यो साँचो हो ! प्रतिस्थापन बिधेयकमा नै गर्न खोजेको थियो । वर्तमान अर्थमन्त्रीले देश बेच्न पनि बाँकी राख्दैनन् !’
सहसचिव शर्माले ट्वीटरमा टिप्पणी गरेको केही समयमा उनले हटाएका छन् । तर त्यसबीचमा धेरैले स्क्रीनसट लिइसकेका थिए । अर्थमन्त्रालयकै उनका शुभचिन्तकले त्यस्तो टिप्पणीले अप्ठेरोमा पर्ने बताएपछि उनले उक्त टिप्पणी सोमबारै डिलिट गरेका छन् । मन्त्री शर्माकोबारेमा गरेको टिप्पणी हटाएकोबारेमा सहसचिव पौडेलसँग प्रतिक्रियाका लागि मंगलबार २ पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
सहसचिव पौडेललाई मन्त्री शर्माले नै आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका थिए । ६ महिनामै उनका र उनका आफन्तका स्वार्थका काम नगरेपछि पौडेललाई २०७८ फागुन १ मा मन्त्री शर्माले अर्थमन्त्रालयबाटै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिदिएका थिए ।
मन्त्री शर्माले केही ब्यापारीको स्वार्थमा करका दरहरु परिवर्तन गर्दा अरब लाभ त लिएकै छन् । उनका आफन्तहरुले हुन्डाई जस्ता कम्पनीहरुबाट ६० लाख बराबरका केही गाडी समेत उपहार लिएको रहस्यसमेत पौडेलले निकटस्थहरुसँग खोलेका छन् । सहसचिव पौडेलले जेठको तेस्रो साता मन्त्री शर्माका नातेदारकोमा गाडी उपहार पुगे पनि, खोजी गरेरपत्रकारहरुले समाचार लेख्न नसकेको तिक्तता पनि पोख्दै हिंडेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend