Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओखलढुंगामामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत


    मंगलबार, जेष्ठ ३१ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ओखलढुंगा  ।  ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । 

    ती बालिकालाई बलात्कार गरेको आरोपमा तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् । 

    ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते उनीहरुले सोही नगरपालिका–११ मा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसैगरी बलात्कारका घटना एकपछि अर्को बृद्धि भइरहेका छनु ।  मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार