काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी आषाढ ४ मा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ ।
स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ ।
स्कुल फर स्पेसल्स् प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै सदस्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्प सहित आफ्नै जग्गा खरिद गर्ने सम्मका योजनाहरु रहेका छन् । जसको पहिलो पाईलाको रुपमा यो फण्ड रेजर ईभेन्ट आयोजना गर्न लागिएको हो ।आर्थिक रुपमा यस परियोजनाका सहयोगीहरुलाई दबाब नपर्ने र आर्थिक गतिविधी समेत हुने र प्रायोजकले ब्याबसायिक कार्यक्रम जस्तै लाभ हाँसिल गर्नसक्ने यस्तै कार्यक्रमहरु राष्ट्रिय अन्तराष्ट्रियस्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना रहेको छ ।दि मल्ल होटलमा आयोजना गरिने यस विशेष कार्निभलमा मल्ल होटलले स्वादिष्ट खाना पस्किनेछ भने, विभिन्न नेपाली ब्राण्डका वियर, वियर ककटेल लगायतका पेय रहनेछन् ।
बालबालिकाहरुका लागि विशेष खेलहरु हुनेछन् भने डिजे र लाईभ ब्याण्डले रोमान्चक माहौल बनाउनेछन् । ”जुन वियर कार्निभल”को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारीवारीक कार्निभलको संयुक्त रुप हुनेछ । यो कार्यक्रमको प्रवेश टिकट दर रु. १०००÷– तोकिएको छ जसमा एक बोटल वियर निःशुल्क उपलब्ध गराईनेछ भने कार्यक्रमका प्रायोजकले थप भौचरहरु समेत प्रदान गर्नेछन् । यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो ।
दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफुहर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा बैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो । राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शिर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्नकार्यक्रमहरु संचालन गर्दै आएको छ । खासगरी सामुदायीक विद्यालयको कक्षा कोठा निर्माणमाअग्रसरता देखाउँदै आएको यस संस्थाको अगुवाईमा ५८ विद्यालयमा ३७३ भन्दा बढी कक्षाहरु भन्दा बढी ट्वाईलेट ब्लकको निर्माण गरिसकेको छ । हालै बाग्मती प्रदेश मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकाको फाखेलमा रहेको सिंह भैरब विद्यालयमा २ वटा कक्षाकोठा तथा कम्प्यूटर ल्याबको निर्माण गरि हालै विद्यालय ब्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । जसको उद्धाटन राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले गर्नुभएको थियो ।
किन बच्चाको शिक्षाका लागि किन वियर फेष्टिभल ?
आजका यूवालाई बालबालिकास ँग जोड्न सजिलो छैन त्यसमाथि पनि डाउन सिन्ड्रोम तथ अटिजम जस्तो विशेष अवस्था भएका बालबालिका सन्दर्भमा यूवालाई चेतनशिल बनाउन पर्याप्त संसाधनहरु नभएको परिप्रेक्ष्यमा यूवाको रोजाईमा पर्ने विषय स ँग जोड्ने प्रयत्न गरिएको हो । जसमा खान, पेय
र पारिवारीक मनोरञ्जन एकसाथ आउने छन् ।
के हो राउण्ड टेबल नेपाल ?
सन् १९२७ मा ब्रिटेनमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सि. के. गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । यूवा उद्यमीहरुको सामाजिक संस्थाको रुपमा पहिचान पाएको राउण्डटेबल नेपाल सक्रिय सामाजिक सेवामा सदैब तत्पर रहँदै आएको छ । ३६ हजार भन्दा बढी विद्यार्थि लाभान्वित हुनेगरी नेपाल भरका २६ विद्यालयहरुमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सघाउ पु¥याई सकेको राउण्ड टेबलले संचालनमा ल्याने परियोजना स्कुल फर स्पेशल आ नो फ्रिडम
थ्रुएजुकेशनकै एक्सटेन्सन हो ।