काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दाको पेशी आगामी असार ५ गतेको तोकिएको छ ।
सोमबार पोखरेलको रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले असार ५ गते सुनुवाइको मिति तोकेका छन् ।
प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको उक्त रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरेपछि हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि सुनुवाइको मिति तोकिएको हो ।