Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु


    सोमबार, जेष्ठ ३० २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द बछार चौधरी  र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प १५१७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिएको थियो ।  

    दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार