Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इटालीमा कोरोनाका कारण मर्नेहरु अरु रोगबाट पनि संक्रमित रहेको सार्वजनिक 


    बिहिबार, चैत्र ६ २०७६
    620
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ, ६ चैत । चीनबाट विश्वभर फैलिएको कोरोनाको प्रभाव इटालीमा अत्याधिक छ । हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ जना रहेको छन् । 
     कोरानाको कारण मृत्यु हुनेको संख्या धेरै भएता पनि मृत्यु हुने व्यक्ति पहिले नै विभिन्न रोगबाट ग्रसित रहेको तथ्य सार्वजनिक भएको छ । 

    इटालीको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले गरेको अध्ययनअनुसार मृत्यु हुने ९९ प्रतिशत मानिस  बुढ्यौलीले छोपेका र अन्य रोगबाट ग्रसित रहेको देखिएको छ।

    अध्ययनमा इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका १८ प्रतिशत मानिसको स्वास्थ्य अवस्था विश्लेषण गरिएको थियो।

    ती मानिसहरूमा मुख्य रूपमा तीन किसिमका रोग देखिएका छन्। उनीहरूमध्ये ७५ प्रतिशतलाई उच्च रक्तचाप थियो, ३५ प्रतिशतलाई डायबिटिज र अरूलाई मुटुसम्बन्धी बिमार थियो।

    इटालीमा अहिलेसम्म मृत्यु हुनेको औसत उमेर ७९।५ वर्ष छ। मार्च १७ सम्म इटालीमा ५० वर्षभन्दा कम उमेर १७ जना मानिसको मात्र ज्यान गएको छ।

    अहिलेसम्म संक्रमित भएका ४० वर्षमूनिका सबै बिरामी पहिला नै कुनै न कुनै स्वास्थ्य समस्या भएका पुरूषहरू छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार