Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हाइटेन्सन लाइनमा झुण्डिएका व्यक्तिको उद्धार


    शनिबार, जेष्ठ २८ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

    बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि सेनाको टोलिले उद्धार गरेको हो ।

    नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

    बिहान १० बजे बिजुलीको पोलमा चढेर तारैतार यात्रा थालेका उनले दिनभर सबैको ध्यान खिचेका थिए । प्रेम पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली-३ ए को उत्पादन नै बन्द गरेको थियो । उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ । 

    यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ । १० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार