Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडामा ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु


    शनिबार, जेष्ठ २८ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौंडा । हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको  भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका  हेटौंडा–९ का ५५ वर्षीय इश्वर तामाङ र २६ बर्षिया अमिना तामाङको मृत्यु भएको हो । घटनामा घाइते भएका दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    उक्त बुलेटले रातोमाटेमा पनि कारलाई ठक्कर दिएर आएको थियो । तर, कारमा मानवीय क्षती भने भएका नभएको प्रहरीले जनाएको छ । बुलेट र बुलेट चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार