Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते


    शुक्रबार, जेष्ठ २७ २०७९
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • जाजरकोट। जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ बर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० बर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ बर्षीय दर्शन शाही रहेका छन् । 

    दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएकोमा हेलीकप्टरद्धारा थप उपचारको लागी सुर्खेत पठाउने तयारी भइरहेको छ । घाइते मध्ये चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको छ । 

    लुहादहबाट शिवपुरीतर्फ जादै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार