Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर फ्लिन काठमाडौंमा


    बिहिबार, जेष्ठ २६ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुगेका छन् । 

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । 

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण गर्नुअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    फ्लिनले शुक्रबार प्रधानसेनापति शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । फ्लिन भारतहुँदै नेपाल आएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार