Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंको फोहोर : अनावश्यक रूपमा हिँडडुल नगर्न कूटनीतिक नियोगको सर्कुलर


    बुधबार, जेष्ठ २५ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंमा रहेका कूटनीति नियोगले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको छ । 

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए । 

    यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिए । 

    निर्वाचनको अवधिभर धर्य गरेका काठमाडौंवासी सहर नै दुर्गन्ध हुने गरी फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार