Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी सांसद विश्‍वकर्माकाे प्रश्‍न – लाइसेन्स बनाउन किन महिनौं लाग्‍ने ?


    मंगलबार, जेष्ठ २४ २०७९
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गाकुमारी विश्‍वकर्माले सवारी सञ्‍चालन अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया छिटोछरितो बनाउन माग गरेकी छिन् ।

    उनले लाइसेन्स बनाउन महिनौँ महिना कुर्नुपर्ने स्थिति रहेको बताइन् ।  संसद्‍मा बोल्दै उनले प्रश्‍न गरेकी छिन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नुपर्ने स्थिति छ । छिटो छरितो किन हुन सकेन ?’ 

    उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी लाइसेन्स छिटो दिन प्रणालीगत सुधार गर्नुपर्नेमा जोड दिइन् । 

    सवारी लाइसेन्सको फारम भर्नै अहिले समस्या छ । यातायात व्यवस्था विभागले सेवालाई चुस्त नबनाएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार